ठगी गर्ने ३ पक्राउ

काठमाडाैं | कात्तिक ३०, २०८१

ठगी गर्ने ३ पक्राउ फाइल तस्बिर

काठमाडौं:   वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 


काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो । 


प्रितिकाले युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईका लागि एक जनाबाट रु दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि १÷१ जनाबाट रु १÷१ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।


तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्